हेडलाईनसमाचारदेवघाटगण्डकी

नेपाल प्रहरी श्रीमती संघद्धारा देवघाटमा न्यानो कपडा वितरण तथा स्वास्थ्य शिविर

प्रहार समाचार । तनहुँ,  माघ ९ मंगलबार । नेपाल प्रहरी श्रीमती संघले देवघाटमा निशुल्क स्वास्थ्य शिविर तथा न्यानो कपडा वितरण गरिएको छ । तनहुँको देवघाट गाउँपालिका– ५ स्थित देवघाट धर्मार्थ अस्पताल परिसरमा चितवन मेडिकल कलेजको प्राबिधिक सहयोगमा  शिविर गरिएको हो ।


नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले कार्यक्रमको उद्घाटन गरिन ।नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशकी अध्यक्ष कमला खनालको सभापतित्वमा कार्यक्रम भएको थियो ।
  शिविरमा ४९० लाभान्वित भएका थिए ।  शिविरमा चितवन मेडिकल कलेजका विशेषज्ञ डाक्टरहरुद्वारा नाक, कान, घाँटी, आँखा, मुटु, दम, दाँत, स्त्री रोग, ईसिजि, युएसजि, हार्डजोर्नी र थेरापी सम्बन्धी सेवा प्रदान गरिएको थियो ।


देवघाट गाउँपालिका–५ स्थित रहेका देवघाट समाजकल्याण केन्द्र बृद्दा आश्रम,गलेश्वर आश्रम, हरिहर आश्रम र महेश आश्रममा अवस्थित १९० जना जेष्ठ नागरिलाई न्यानो कपडा वितरण गरिएको थियो ।  उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका कार्यालयका प्रमुख अवदेश विष्ट, देवघाट गाउपालिकाका स्थानीय जनप्रतिनिधीहरु विभिन्न संघ सस्थाका प्रतिनिधी सहभागीता रहेको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button