हेडलाईनव्याससमाचारगण्डकी

कांग्रेसकी नेत्री द्रौपदा शर्मा पोखरेलको निधन

प्रहार समाचार । काठमाडौँ, माघ ९ मंगलबार । नेपाली कांग्रेसकी नेत्री द्रौपदा शर्मा पोखरेलको १०२ वर्षको उमेरमा निधन भएको छ। पोखरेलको मङ्गलबार बिहान ४ बजे काठमाडौँ  सामाखुसी रानीबारी स्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।


उनी ‘गोवर्धन शर्मास्मृति ट्रस्ट’को अध्यक्ष र संस्थापक समेत थिइन् ।  आजै उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको जेठा छोरा रामचन्द्र पोखरेलले जानकारी दिए। उनी २००७ सालको क्रान्तिपछि स्थानीय महिला सङ्घको अध्यक्ष बनेकी थिइन्। कांग्रेसमा लागेर उनी तत्कालीन समयमा केन्द्रीय सदस्य समेत भएकी थिइन्। २०१८ सालको आन्दोलनमा उनलाई तत्कालीन पञ्चायत सरकारले गिरफ्तार गरेको थियो। उनलाई पोखरा हिरासतमा राखिएको थियो ।

संविधानसभा सदस्य रामचन्द्र ,गण्डकी प्रदेशका पूर्व मन्त्री कृष्ण चन्द्र , योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर जगदीश चन्द्र र सुभाष पोखरेल तथा छोरीहरू प्रियं वदा र सत्यवतीका आमा द्रौपदीको २००७ सालको क्रान्तिको समयदेखि प्रजातन्त्र पुनर्स्थापनाका निम्ति योगदान थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button