हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको व्यास नगरपालिकामा पुनः मतदानको माग सहित परेको मुद्दामा आज सुनुवाई

प्रहार समाचार । काठमाडौँ, माघ ९ मंगलबार । तनहुँको व्यास नगरपालिकामा पुनः मतदानको माग सहित परेको मुद्दामा आज सुनुवाई भइरहेको छ ।

मेयरका उम्मेदवार दीपकराज जोशीले मतगणना बदर गरी दोहोराई मतगणना गरि पाउ भनी दर्ता गरेको मुद्दामा उच्च अदालतमा आज सुनवाई भएको हो।

न्यायाधीश मिलन राई र धनसिंह महराको संयुक्त इजलासमा सुनवाई जारी छ। जोशीले  ५ जनालाई विपक्षी बनाई २० ७९ जेठ १२ गते रिट दर्ता गराएका थिए। अदालतले त्यसको भोलिपल्ट प्रतिवादीसँग कारण मागेको थियो। रिट निवेदकको माग बमोजिमको आदेश किन जारी गर्नु नपर्ने हो कारण पेश गर्न आदेश दिएको थियो ।

व्यास नगरपालिकाको मेयरमा दिपक राज जोशी नेपाली कांग्रेसका उम्मेदवार बैकुण्ठ न्यौपानेसँग २५२ मतले पराजित भएका थिए। बैकुण्ठ न्यौपानेले १२ हजार ७८ मत आउँदा जोशीले १२,८२६ मत पाएका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button