प्रहार समाचार । तनहुँ, माघ ९ मंगलबार । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य लिएर पर्यटकीय स्थल मानुङकोट र शाहिदको भूमि पुलिमऱ्याङलाई जोड्न व्यास नगरपालिकाले सातौं व्यास नगर अल्ट्रा म्याराथन प्रतियोगिता गर्ने भएको छ ।
प्रतियोगिताको बारेमा जानकारी दिने उद्देश्यले मंगलबार व्यास नगरपालिकाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख बैकुण्ठ न्यौपानेले सिङ्गो तनहुँ जिल्लाको पर्यटन प्रवर्धन गर्न म्याराथन प्रतियोगिता कोशेढुङ्गा साबित हुने बताए ।
‘पर्यटन, धार्मिक एवं ऐतिहासिक क्षेत्रको पहिचान व्यास नगरपालिकाको अभियान’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको र यस प्रतियोगिता लाई सफल पार्न सम्पूर्ण नगरवासिलाई म आग्रह गर्दछु ।’ नगर प्रमुख वैकुण्ठ न्यौपानेले भने ।’

‘नेपालको लोकतान्त्रिक आन्दोलनमा सहिद भएकाहरूको सम्झना र उच्च स्थान तथा गुरुङ्ग बस्ती पुलिमराङ्गको प्रवर्धगर्न टेवा पुऱ्याउँछ ” नगर प्रमुख न्यौपानेले थपे । शहीद दिवसको अवसर पारेर माघ १६ गते सो प्रतियोगिता हुने छ । व्यास नगरपालिकाको पर्यटकीय क्षेत्र, विभिन्न जात जातिका होमस्टे, जातीय संस्कृति तथा परम्परागत स्वागत सत्कार लगायतको प्रचार प्रसार र प्रवर्द्धनका लागि अल्ट्रा म्याराथन गर्न लागिएको व्यास नगर खेलकुद विकास समितिका अध्यक्ष एवं व्यास – ९ का वडाअध्यक्ष सुरेश थापाले बताए ।

प्रतियोगितामा ८ जनालाई पुरस्कारको व्यवस्था गरिएको छ । सहभागी हुनका लागि एक सय रुपियाँ प्रवेश शुल्क लाग्ने, प्रथम पुरस्कार नगद ८५ हजार ८० पैसा , द्वितीय पुरस्कार ६५ हजार ८० पैसा , तृतीय पुरस्कार ५५ हजार ८० पैसा र ५ जनालाई सान्त्वना पुरस्कार १६ हजार ८० पैसाका दरले प्रदान गरिने छ ।’ व्यास नगरपालिकाका प्रवक्ता एवं वडाध्यक्ष जीवन गुरुङले जानकारी दिए ।

व्यास नगरपालिका–५ मानुङ बाट ४४ किलोमिटर दुरीको अल्ट्रा म्याराथनमा सहभागी हुनका लागि माघ १५ गते सम्म नाम दर्ता गर्न सकिनेछ । म्याराथन व्यास नगरपालिका–८ पुलिमराङसम्म ४४ किमी दूरीको रहनेछ ।
म्याराथन मानुङ्कोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर अल्ट्रा म्याराथनको समापन हुने कुरा नगरपालिका का शिक्षाशाखा प्रमुख नविन पराजुलीले जनकारी दिए ।


























