प्रहार समाचार । तनहुँ, माघ ८ सोमबार । तनहुँको देवघाट -२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा मिनी ट्रक दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ ।
दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग१ख ४१८१ नम्बरको मिनी ट्रक गएराति सडकदेखि झण्डै पाँच सय मिटर तल खस्दा ट्रकमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृत्यु हुनेमा देवघाट –३ दगाराका ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

ट्रक दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा आज बिहान चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ । दुरघटना के कति कारणले भएको हो भन्ने बारे प्रहरिले अनुसन्धान गरिरहेको छ भने ट्रक चालकको खोजी भइरहेको छ।


























