प्रहार समाचार । काठमाडौँ, माघ ८ सोमबार । प्रत्येक नेपालीको थाप्लोमा ऋणको भारी दिन प्रतिदिन थपिँदै जान थालेको छ। जस्को परिणाम स्वरूप अहिले नेपालको सार्वजनिक ऋण २३ अर्ब ८५ खर्ब रूपैयाँ नाघेको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामै ८५ अर्ब १३ करोड रूपैयाँ बराबर सार्वजनिक ऋण थपिएको हो। २०८० असार मसान्तसम्म यस्तो ऋण २२ खर्ब ९९ अर्ब १० करोड रूपैयाँ थियो।

हालसम्म सरकारले तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ९८ अर्ब ४ करोड रूपैयाँ छ। बाह्य ऋण भने ११ खर्ब ८६ अर्ब ४४ करोड रूपैयाँ छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले लिएको कुल सार्वजनिक ऋण १ खर्ब ६२ अर्ब ५८ करोड रूपैयाँ हो। यसै अवधिमा सरकारले आन्तरिक र बाह्य ऋणको साँवावापत ७७ अर्ब ४५ करोड रूपैयाँ भुक्तानी पनि गरेको छ। सो आधारमा ६ महिनामा सार्वजनिक ऋणको खुदवृद्धि ८५ अर्ब १३ करोड रूपैयाँले बढी हो



























