हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा मिश्र, वरिष्ठ उपाध्यक्षमा मल्ल निर्वाचित

प्रहार समाचार । तनहुँ, माघ ७ आईतबार ।
तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा वैकुण्ठनाथ मिश्र सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार मनोनयन दर्ताको कार्यतालिका रहेकामा मिश्र सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा इमकुमार मल्ल निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका सुबोध अधिकारीले पनि उम्मेदवारी फिर्ता गरेको निर्वाचन प्रबन्ध समितिका संयोजक डम्बरदेव हड्खलेले जानकारी दिए।

प्रथम उपाध्यक्षमा भने कुमार मल्ल, सुरेश पुरी र राजकुमार श्रेष्ठ राकुको उम्मेदवारी परेको छ । द्वितीय उपाध्यक्षमा दिनेशकुमार श्रेष्ठ, शिवओम मल्ल र शकुन्तला आलेको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा भिमलाल श्रेष्ठ, प्रकाशचन्द्र हड्खले र राजेश श्रेष्ठको उम्मेदवारी परेको छ । यि पदहरुमा समेत सर्वसम्मत गराउन पहल थालिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button