प्रहार समाचार । तनहुँ, माघ ६ शनिबार । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँमा पुर्वी खण्डको काम धमाधम भईरहेको छ । यस खण्ड अन्तर्गत हालसम्म ४६ प्रतिशत काम पुरा भएको छ ।
तनहुँको आँबुखैरेनी र बन्दीपुर खण्डमा हालसम्म १९.५ किलोमिटर सडकखण्ड कालोपत्र सकिएको पुर्वी खण्डका प्रमुख ईन्जिनियर श्यामकुमार यादवले प्रहार समाचारलाई जानकारी दिए ।

बन्दीपुर गाउँपाकिलाको वडाम्बर १ को नाहालादेखि व्यास नगरपालिका–१२ को छिर्कने, आँबुखैरेनी गाउँपालिका–१ सत्रसय, बरादी खण्डमा गरी सो दुरीमा कालोपत्रे सकिएको हो।
प्रमुख ईन्जिनियर यादवका अनुसार त्यसमध्ये साढे सात किमी खण्डमा दुईतर्फी नै कालोपत्र सकिएको छ । कुनै पनि दिन काम नरोकिइ द्रुत गतिमा काममा लागेको उनले बताए ।


























