प्रहार समाचार । बाँके, माघ ६ शनिबार । बाँकेमा ७ वर्षीया बालिकालाई बलात्कार आरोपित एक जना लाई शुक्रबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका – ५ जिगाउँ बस्ने ३५ वर्षीय प्रेमबहादुर रावत रहेको बाँके प्रहरीले जनाएको छ ।
रावतले बालिकालाई गत पुस २५ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी बिट न्युसिटीबाट खटिएको टोलीले उनलाई पक्राउ गरिएको थियो ।


























