हेडलाईनसमाचारगण्डकीभिमाद

‘प्राविधिक र आधुनिक शिक्षा अहिलेको आवश्यकता हो’ – अर्थमन्त्री आले

प्रहार समाचार । तनहुँ, माघ ६ शनिबार ।
गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले प्राविधिक ,आधुनिक र व्यवहारिक शिक्षा आजको आबश्यकता रहेको बताएका छन् ।

समुदायबाट स्थापित तनहुँको भिमाद ३ जलौदीमा रहेको बाल शैक्षणिक माध्यामिक विद्यालयको  १८ औ बार्षिक उत्सव तथा अभिभावक दिवस समारोहको हिंजो उद्घाटन गर्दै मन्त्री आलेले उक्त कुरा बताएका हुन् ।

‘शैक्षिक गुणस्तर कायम गरी समय सापेक्षा शिक्षामा सुधार गर्न प्रदेश सरकार लागि परिरहेको छ’ मन्त्री आलेले बताए ।
‘माध्यामिक तह सम्मको शिक्षाको अधिकार स्थानीय सरकारको हो तर स्थानीय सरकारसंग सहकार्य  गरेर गुणस्तरीय शिक्षा कायम गर्न र पूर्वधार निर्माण गर्नु प्रदेश सरकारको दायित्व छ ‘ मन्त्री आलेले थपे।

विद्यालयका संस्थापक अध्यक्ष तथा भिमाद ३ का वडा अध्यक्ष पदमराज सेन ठकुरीले स्थानीयको श्रमदान र चन्दाबाट स्थापना गरी माध्यमिक तह सम्म विद्यालय सञ्चालन गरी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरिएको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमा विद्यालयका प्रधानाध्यापक प्रविण सुवेदीले विद्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । २०६२ सालमा स्थापित  यस विद्यालयमा  २ सय ८५ जना विद्यार्थी अध्ययनरत रहेका छन्। त्यस अबसरमा माझकोट साना किसान सहकारीले विद्यार्थीहरु लाई छात्रवृत्ति प्रदान गरेको थियो भने विद्यालय निर्माण गर्ने, जग्गादाता र चन्दादातालाई सम्मान  गरिएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button