हेडलाईनसमाचारप्रदेश

सुनको भाउ बढ्यो

प्रहार समाचार । माघ, ७ आईतबार ।आज नेपाली बजारमा सुनको मूल्य बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला चार सय रूपैयाँ बढेको हो। 

आइतबार बजारमा छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी आज चाँदीको मूल्य भने घटेको बढेको छ।

शुक्रबार चाँदी प्रतितोला १३ सय ९५ रूपैयाँमा कारोबार भएकोमा आज चाँदी प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।  शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला ५ रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार २९अमेरिकी डलरमा कारोबार भइरहेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button