हेडलाईनसमाचारबागमतीप्रदेश

पेट्रोलियम पदार्थको मूल्य घट्यो

प्रहार समाचार । काठमाडौ, मंसिर १४ बिहिबार ।
पेट्रोलियम पदार्शको मूल्य घटेको छ । नेपाल आयल निगमले मूल्य घटाउने निर्णय गरे संगै शुक्रबार मध्यराती बाट नयाँ मूल्य लागू हुने छ ।


  निगम सञ्चालक समितिको बैठकले  पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँ घटाउने निर्णय गरेको हो । 

इन्डियन आयल कर्पोरेशनले बिहीबार पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको क्रमशः २ रुपैयाँ १२ पैसा र ४ रुपैयाँ ०९ पैसा घटेर आएको छ । सोही अनुसार स्वदेशमा पनि निगमले मूल्य समायोजन गरेको हो। 

यस्तै एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २१ रुपैयाँ १४ पैसा बढेर आएको भएपनि उपभोक्ताको हितलाई ध्यानमा राखेर हाललाई मूल्य यथावत राखिएको निगमले जनाएको छ । 

मूल्य घटेसँगै काठमाडौँमा पेट्रोलको मूल्य १७० रुपैयाँ कायम भएको छ । यस्तै  डिजेल तथा मट्टितेल १६० रुपैयाँ कायम भएको निगमको विज्ञप्तिमा उल्लेख छ। 



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button