हेडलाईनसमाचारमदेश

दुर्गा प्रसाईंको आन्दोलन पुराना दल र नेताको उपज हो’- रास्वपा सभापति लामिछाने

प्रहार समाचार । रौतहट, मंसिर ९ शनिवार ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘संस्कृति तथा नागरिक बचाउ अभियान’ का संयोजक दुर्गा प्रसाईले  गरेको आन्दोलन पुराना दल र नेताहरूकै उपज भएको बताउँदै व्यवस्था हैन अवस्था परिवर्तन गर्न रास्वपा गठन भएको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले पुराना दल र तिनका नेताहरूकै कारण अहिलेको ब्यवस्थाप्रति जनतामा निराशा र भरोसा टुट्दैगएको चर्चा गरे । शनिबार रौतहटको चन्द्रपुरमा पत्रकारहरुसँगको भेटमा उनले लोकतान्त्रिक गणतन्त्र ल्याउन भएको आन्दोलन र प्राप्त उपलब्धि र वर्तमान व्यवस्थाप्रति जनतामा चरम असन्तुष्ट र गुनासो बढेको बताए ।

मधेस प्रदेशका विभिन्न जिल्लामा केन्द्रित सभाहरूमा सहभागी हुने क्रममा रौतहट आएका सभापति लामिछानेले गौर र सन्तपुरमा आयोजना हुन लागेको सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । रास्वपाले मधेशमा आफ्नो पकड जमाउन मधेस केन्द्रित सभा र कार्यकर्ता भेटघाटको तयारी तीब्र दिएको छ ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button