आउने दिननि थाहा छैन जाने दिननि छैन
गर्भै भित्र लुकेकाछन् मानव् बुझ्ने होईन।
नगईपनि भाकोछैन समय थाहा छैन
जानेठाउँ कताकता ठाउँ थाहा छैन।
सत्यकर्म कतैछैन असत्यमा धाछन्
ठूलाजति चैनगर्ने सानाले धोका पाछन्।
तेरो मेरो भन्दाभन्दै जीवन बिति गाछ
जाने बेला सबै छाड्छन् नाङ्गै भर गाछ।
भएको जति तेरो मेरो भनिभनी लछन्
सुख जति अरुले खाए दु:ख तिम्रा भाछन्।
हिजोअस्ती मुठी कसौँ को को बसि खाछन्
जानेबेला हुँदा खेरी मुठी खुला भाछन्।
२०८०/७/१६
























