दमौली खबर संवाददाता
दमौली, भदौ, ७ गते
जिल्ला सभाले जिल्ला सभागृहको नाम परिवर्तन गरेको निर्णय प्रति विभिन्न १२ वटा राजनीतिक पाटीले बिरोध गरेका छन् । जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्लेलाई ध्यानाकर्षपत्र प्रदान गरि विरोध गरेका हुन् । पत्रमा जिल्ला समन्वय समिति तनहूँको मिति २०७८ चैत्र ०८ को निर्णय बैठकको निर्णय नं. १ घ र जिल्ला सभाको निर्णय नं. ४ मा जिल्ला सभा गृह तनहुँ नाम परिवर्तन गरी वि.पि. सदन सभा गृह दमौली तनहूँ गर्ने गरी गरेको निर्णयले सारा तनहुँ जिल्ला वासीहरुको मनोभावनामा ठेस पु¥याएको उल्लेख गरिएको छ । प्रजातान्त्रिक समाजवादका आदर्शवान महान नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री वि.पि. कोइरालाको राजनैतिक व्यक्तित्वलाई समेत विवादित बनाएको जनाईएको छ राजनैतिक पाटीहरुको गम्भिर असहमती छ र उक्त निर्णय प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ जनाईएको । त्रुटीपूर्ण निर्णय सच्याउँदै साविक २०३५ साल के जिल्ला सभा गृह तनहु वा सम्झौता अनुसारको दमौली सभाहल नामाकरण गर्नु’ गराउन माग गरिएको छ । हरिराज कँडेल उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी’ तनहुँ,. रामचन्द्र सापकोटा सदस्य नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तनहुँ, पुष्पलाल श्रेष्ठ प्रबक्ता नेडा नं. नेपाल कम्युनिष्ट पार्टी (मशाल) गण्डकी प्रदेश समिति, नेत्र रानाभाट अध्यक्ष देजमो नेपाल सदस्य क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ४ नं. प्रदेश समिति, राजु बि.क.केन्द्रीय प्रतिनिधि सदस्य नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी तनहुँ, मंगल प्रसाद श्रेष्ठ सदस्य नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) जिल्ला कमिटी तनहुँ विरोध गरिएको हो । यसैसरी सूर्यमणी पौडेल सहसंयोजक राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला समिति तनहुँ, चुडाराम परियार सदस्य जनता समाजवादी पार्टी नेपाल संघिय परिषद तनहुँ, भुवन सिं थापा अध्यक्ष राष्ट्रिय जनमुक्ती पार्टी जिल्ला समिति तनहुँ, आइत बहादुर घले सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति तनहुँ, विजयकुमार शाही अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल जिल्ला कार्य समिति तनहुँ प्रकाश शर्मा सदस्य वैज्ञानीकं समाजवादी कम्युनिष्ट पार्टी नेपाल केन्द्रिय समिति
ले विरोध गरेका हुन् । । १२ पार्टीका नेता तथा प्रतिनिधीले हस्ताक्षर गरी सयुक्त रुपमा जिल्ला समन्वय समिति तनहुँलाई बुधबार ध्यानाकार्षणपत्र बुझाएका हुन् ।
यसैबीच सोही सयुक्त टोलीद्धारा व्यास नगरपालिकालाई बहुउद्धेश्यीय भवन नबनाउन आग्रह गरिएको छ । व्यास नगरपालिकाको स्वामित्वमा रहेको जग्गामा व्यास नगर बहुउद्देश्यीय भवन निर्माण गर्ने यसै नगरपालिकाको नगर सभाको निर्णय भई योजना कार्यान्ययनको क्रियामा रहेको निर्णय प्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।
हाल सञ्चालनमा रहेको ब्यास नगरपालिकाको भवन समेत भाडामा नलागेको अवस्था, तनहुँ उद्योग वाणिज्य संघ तनहुँ र दमौली बजार इकाइ समिति तनहुँको असहमती रं दमौलीमा रहेका हरा व्यापार व्यवसायीहरुको समेत विरोध हुँदाहुँदै ठूलो मात्रामा ऋण सहयोग लिई बहुउद्देश्यीय भवन निर्माण गरिनुले उक्त कार्य प्रति गम्भिर आशंका उत्पन्न गराएको छ । तसर्थ उक्त कार्य रोक्न रोकाउन ध्यानाकर्षण गराईएको छ ।
























