आँबुखैरेनीहेडलाईनसमाचारगण्डकी

तस्करमाथि तनहुँ प्रहरीले कडा निगरानी : लागूऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ

प्रहार समाचार । तनहुँ, २२ कात्तिक २०८३ आइतबार । पृथ्वीराजमार्गलाई लागूऔषध ओसारपसारको मार्ग बनाउन खोज्ने तस्करमाथि तनहुँ प्रहरीले कडा निगरानी बढाएको छ। प्रहरीले आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट ४४.२ ग्राम प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ।

नियमित सवारीसाधन तथा शंकास्पद व्यक्तिको जाँच गर्ने क्रममा प्रहरीले लागूऔषधसहित युवकलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार चितवनबाट पोखरातर्फ आउँदै गरेको हाइसमा सवार म्याग्दीको रघुगंगा गाउँपालिका–४ निवासी २७ वर्षीय पुरुषले लुकाइछिपाइ ल्याएको अवस्थामा उक्त परिमाणको खैरो हेरोइन बरामद गरिएको हो।

पृथ्वीराजमार्गको बेनिटार क्षेत्रमा खटिएको प्रहरी टोलीले शंकास्पद गतिविधिका आधारमा जाँच गर्दा लागूऔषध फेला पारेको हो। लागूऔषध ओसारपसार नियन्त्रणका लागि प्रहरीले राजमार्ग क्षेत्रमा निगरानी र जाँचलाई तीव्र बनाएको छ। पक्राउ परेका युवकविरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिएका छन्। प्रहरीले लागूऔषध कारोबारमा संलग्न अन्य व्यक्ति तथा यसको स्रोत र गन्तव्यबारे अनुसन्धान गरिरहेको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button