हेडलाईनसमाचारबागमती

‘तिहार, नेपाल संवत् र छठले राष्ट्रिय एकता बलियो बनाऊन् ।’: सभापति लामिछाने

प्रहार समाचार । काठमाडौं, २२ कात्तिक २०८३ आइतबार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र नयाँ आशासहितको शुभकामना व्यक्त गरेका छन् ।

उनले उज्यालो, उमङ्ग र उत्साहको पर्व तिहार तथा आस्था, श्रद्धा र समर्पणको पर्व छठले सबैको जीवनमा सकारात्मक ऊर्जा र नयाँ उत्साह थप्ने विश्वास व्यक्त गरेका हुन् ।लामिछानेले पर्वहरू केवल धार्मिक तथा सांस्कृतिक परम्परामा सीमित नरही परिवार, समाज र समुदायबीच प्रेम, सद्भाव, एकता र आपसी विश्वास अभिवृद्धि गर्ने अवसर बन्नुपर्ने बताएका छन् । विविध जाति, भाषा, धर्म, संस्कृति र परम्पराले सजिएको नेपाली समाजमा यस्ता पर्वले विभाजन होइन, एकता र सहअस्तित्वको भावना बलियो बनाउनुपर्ने उनको सन्देश छ ।

राष्ट्रिय एकता र सामाजिक सद्भावको सन्देश दिन यस वर्षको छठ पर्व जनकपुरधामस्थित गंगासागरमा उपस्थित भएर मनाउनेसमेत लामिछानेले घोषणा गरेका छन् । पर्वका नाममा देखिने विभेद र सामाजिक दूरीभन्दा माथि उठेर साझा राष्ट्रिय पहिचान, आपसी सम्मान र एकताको भावना आत्मसात् गर्नुपर्ने सन्देशसहित उनले सबै नेपालीमा पर्वहरूको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button