आँबुखैरेनीहेडलाईनव्याससमाचारभानुबन्दीपुरदेवघाटगण्डकीघिरिङऋषिङभिमादम्याग्देशुक्लागण्डकी

तिहारमा मनपरी गर्नेलाई तनहुँ प्रशासनको कडा चेतावनी : राति १० बजेपछि देउसी–भैलो बन्द, जबर्जस्ती चन्दा र पटाका प्रयोग गरे कारबाही

प्रहार समाचार । तनहुँ, २१ हात्तिक २०७३ शनिबार । तिहारको नाममा रातभर होहल्ला गर्ने, जबर्जस्ती चन्दा असुल्ने, पटाका पड्काउने र सार्वजनिक शान्ति खलल पुर्‍याउने गतिविधि नगर्न जिल्ला प्रशासन कार्यालय तनहुँले कडा चेतावनी दिएको छ।

प्रशासनले देउसी–भैलो कार्यक्रम राति १० बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिँदै नियम उल्लङ्घन गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने स्पष्ट पारेको छ।जिल्ला प्रशासन कार्यालय तनहुँले २०८३ कात्तिक २० गते जारी गरेको तिहार विशेष सूचनामार्फत चाडपर्वका नाममा सर्वसाधारण, व्यापारी तथा घरधनीलाई जबर्जस्ती रकम माग्ने, दबाब दिने र धम्क्याउने कार्य नगर्न आग्रह गरेको छ। नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै देउसी–भैलोलाई मर्यादित, अनुशासित र व्यवस्थित बनाउन प्रशासनले सबै पक्षलाई सचेत गराएको हो।त्यस्तै, भुईँचम्पा, पटाका तथा आतिशबाजीजस्ता विस्फोटक पदार्थको अवैध आयात, ओसारपसार, भण्डारण, बिक्रीवितरण र प्रयोग नगर्न प्रशासनले चेतावनी दिएको छ।

मदिरा सेवन गरेर सार्वजनिक स्थलमा होहल्ला गर्ने, झैझगडा गर्ने तथा सामाजिक सद्भाव र सार्वजनिक शान्तिमा खलल पुर्‍याउने गतिविधिमाथि पनि प्रशासनले निगरानी राख्ने जनाएको छ।सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु राख्ने, बढी भाडा असुल्ने, ट्राफिक नियम उल्लङ्घन गर्ने तथा सडक, चोक र फुटपाथ अवरुद्ध हुने गरी कार्यक्रम सञ्चालन गर्नसमेत रोक लगाइएको छ। बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएकोभन्दा बढी मूल्य लिने र म्याद गुज्रिएका उपभोग्य वस्तु बिक्री गर्ने व्यवसायीलाई पनि प्रशासनले सचेत गराएको छ।देउसी–भैलोका नाममा चर्को आवाजमा माइक तथा स्पिकर बजाउने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने, फोहोरमैला गर्ने र बालबालिकालाई जोखिमपूर्ण स्थानमा सहभागी गराउने कार्य नगर्न पनि आग्रह गरिएको छ।

मैनबत्ती, दियो तथा विद्युतीय सामग्री प्रयोग गर्दा आगलागीबाट जोगिन विशेष सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ।तिहार खुसी, सद्भाव र संस्कृतिको पर्व हो, मनपरी गर्ने छुट होइन भन्ने सन्देशसहित प्रशासनले जारी गरेको सूचनाको अवज्ञा गरी गैरकानुनी गतिविधि गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही हुने जनाएको छ। कार्यालयका प्रशासकीय अधिकृत सुशील लम्सालले सूचनामार्फत जिल्लावासी तथा सम्बन्धित सबै पक्षलाई नियम पालना गर्न आग्रह गरेका छन्।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button