हेडलाईनसमाचारगण्डकीशुक्लागण्डकी

तनहुँ–२ मा खनालको जित : मतसँगै कांग्रेसको विचार, विधि र मर्यादाको भारी जिम्मेवारी

प्रहार समाचार । तनहुँ, १५ असोज २०८३ बिहीबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ बाट पेशागत विषय विज्ञतर्फ वरिष्ठ अधिवक्ता यदुनाथ खनाल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

पेशागत विज्ञका रूपमा खनालको निर्वाचित हुनु कांग्रेसभित्रको प्रतिनिधित्वलाई केवल गुटीय गणितमा सीमित नराखी नीति, विचार, संविधान, कानुन र लोकतान्त्रिक अभ्याससँग जोड्ने सन्देशका रूपमा हेरिएको छ। यसअघि पनि तनहुँ–२ बाट पेशागत विषय विज्ञतर्फ खनालको नाम चर्चामा रहेको समाचार प्रहार समाचारमा प्रकाशित भएको थियो । थियो। निर्वाचित भएपछि खनालले आफूलाई अत्यधिक मतसहित विजयी गराएकोमा क्षेत्र नं. २ का प्रतिनिधिप्रति आभार व्यक्त गर्दै प्राप्त मतलाई व्यक्तिगत विजय नभई कांग्रेसको विचार, आदर्श, सिद्धान्त र लोकतान्त्रिक संस्कारप्रतिको विश्वासको विजय भएको बताएका छन्।

उनले पदलाई सम्मानभन्दा बढी जिम्मेवारीका रूपमा लिँदै पार्टीको हित, लोकतान्त्रिक मूल्य–मान्यता, विधिको शासन र पेशागत मर्यादाप्रति निष्ठावान रहने प्रतिबद्धता जनाएका छन्। खनालले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टी, विचार र साथीहरूको साझा भावनाका पक्षमा उभिने स्पष्ट सन्देशसमेत दिएका छन्।खनालको भनाइको सबैभन्दा कडा राजनीतिक सन्देश भने ‘विजेता र पराजितको दूरी होइन, साझा जिम्मेवारी’ भन्ने प्रतिबद्धतामा देखिन्छ।

महाधिवेशनमा आएको मतलाई गुटको शक्ति प्रदर्शनभन्दा संगठनप्रतिको विश्वासका रूपमा ग्रहण गर्ने उनको अभिव्यक्तिले अब प्रतिनिधिको भूमिका केवल महाधिवेशनमा मत हाल्ने तहमा सीमित नरही कांग्रेसभित्र नीति, विधि, लोकतान्त्रिक संस्कार र पेशागत मर्यादाको बहसलाई अघि बढाउने अपेक्षा बढाएको छ। क्षेत्र नं. २ मा सम्पन्न अधिवेशनमा जितराज राना क्षेत्रीय सभापतिमा निर्वाचित भएको तथ्यसँगै खनालको पेशागत प्रतिनिधित्वले कांग्रेसको आगामी राजनीतिक बहसमा विचार र विज्ञताको प्रश्नलाई समेत अगाडि ल्याएको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button