हेडलाईनसमाचारगण्डकी

बेंसीसहर–चामे सडक बन्द , मनाङको आवागमन र ढुवानी प्रभावित

• विजय अधिकारी ( संवाददाता ) लमजुड, १५ असोज २०८३ बिहीबार । हिमाली जिल्ला मनाङ जोड्ने एकमात्र बेंसीसहर–चामे सडक बाढीपहिरोका कारण पाँच दिनदेखि बन्द हुँदा मनाङको सडक सम्पर्क टुटेको छ।

गत शनिबार र आइतबार आएको बाढीपहिरोले सडक अवरुद्ध भएपछि बेंसीसहरदेखि चामे हुँदै माथिल्लो मनाङको खाङसारसम्म यातायात सञ्चालन हुन सकेको छैन। सडक बन्द हुँदा अन्नपूर्ण चक्रीय पदयात्रामा रहेका पर्यटकसँगै स्थानीयवासी प्रभावित भएका छन्।सडक अवरुद्ध भएपछि माथिल्लो मनाङतर्फ खाद्यान्न, निर्माण सामग्रीलगायत सामानको ढुवानीसमेत ठप्प भएको छ। यद्यपि तत्काल खाद्यान्न तथा अत्यावश्यक सामग्रीको अभाव नरहेको जिल्ला प्रशासनले जनाएको छ।

नासों गाउँपालिका–३ खोत्रोमा सडक अवरुद्ध गर्ने ठूला ढुंगा हटाउन विष्फोटक पदार्थ प्रयोग गर्ने तयारी भइरहेको छ भने त्यसका लागि ढुंगामा होल बनाउने काम भइरहेको प्रशासनले जनाएको छ।डुम्रे–बेंसीसहर–चामे सडक आयोजना, जिल्ला प्रशासन, स्थानीय तह तथा जलविद्युत आयोजनाका उपकरण परिचालन गरी सडक खुलाउने प्रयास भइरहे पनि क्षतिग्रस्त मुख्य स्थानमा यातायात अझै सञ्चालन हुन सकेको छैन। आयोजनाका प्रमुख सतिस सुवेदीका अनुसार लमजुङतर्फ खरखरे र रामबजार क्षेत्रमा सडक खुलाइएको छ भने मनाङतर्फ खोत्रो, स्यार्क्युखोला र कोतो क्षेत्रमा काम जारी छ। ‘सडक खुलाउने काममा रातदिन लागिरहेका छौँ,’ उनले भने।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button