आँबुखैरेनीहेडलाईनव्याससमाचारभानुबन्दीपुरदेवघाटगण्डकी

तनहुँ–१ कांग्रेसमा खुलातर्फ भट्टराईको दबदबा, ३२४ मतमा दुई उम्मेदवार अड्किए

प्रहार समाचार । तनहुँ, १५ असोज २०८३ बिहीबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ निर्वाचन क्षेत्र नं. १ को महाधिवेशन प्रतिनिधि खुलातर्फ १० पदका लागि भएको प्रतिस्पर्धामा गोविन्द भट्टराईले सर्वाधिक ६ सय ६१ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन्।

भट्टराईपछि लक्ष्मीभक्त खनालले ५ सय ८४, दीपक भट्टराईले ४ सय ७७, वैकुण्ठ न्यौपानेले ४ सय ६५, श्यामकुमार मौरतीले ४ सय ४९, उदयराज गौलीले ३ सय ७२ र उत्तम मिश्रले ३ सय ६५ मत प्राप्त गरेका छन्। क्षेत्र नं. १ मा खुलातर्फ १० पदका लागि २८ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। खुलातर्फ सुशील तिमल्सिनाले ३ सय ५० र बसन्तबहादुर आलेले ३ सय ४१ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।

यससँगै १० पदमा नौ उम्मेदवारको परिणाम स्पष्ट भए पनि दशौँ स्थानका लागि केशव अधिकारी र देवकुमार श्रेष्ठबीच कडा टक्कर देखिएको छ। दुवैले समान ३ सय २४ मत प्राप्त गरेपछि बराबरी मतको अवस्थामा अब कसरी प्रतिनिधि चयन गर्ने भन्ने विषय टुंगिन बाँकी रहेको छ।

कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रिया अहिले विभिन्न तहका अधिवेशनमार्फत अघि बढिरहेको छ। नेपाली कांग्रेसयस परिणामले तनहुँ–१ कांग्रेसको आन्तरिक शक्ति-सन्तुलनमा खुला प्रतिनिधितर्फको प्रतिस्पर्धा कति तीव्र थियो भन्ने देखाएको छ। विशेषगरी पहिलो स्थानमा रहेका गोविन्द भट्टराई र त्यसपछिका उम्मेदवारबीच मतको अन्तर उल्लेख्य देखिए पनि दशौँ प्रतिनिधिको टुंगो बराबरी मतका कारण रोकिएको छ। अब अधिकारी र श्रेष्ठमध्ये कसरी प्रतिनिधि छनोट गर्ने भन्ने निर्णयले मात्रै तनहुँ–१ बाट खुलातर्फ प्रतिनिधित्व गर्ने अन्तिम सूची पूरा गर्नेछ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button