हेडलाईनव्याससमाचारगण्डकी

कांग्रेस महाधिवेशनपछि वैकुण्ठ न्यौपानेको अपिल : ‘अग्रजको सम्मान र संगठन सुदृढीकरणमा जुटौँ’

प्रहार समाचार । तनहुँ, १५ असोज २०८३ बिहीबार । नेपाली कांग्रेस तनहुँका निवर्तमान सभापति वैकुण्ठ न्यौपानेले १५औँ महाधिवेशनअन्तर्गत वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रसम्म सम्पन्न निर्वाचनबाट निर्वाचित तथा सर्वसम्मत भएका सम्पूर्ण प्रतिनिधिलाई बधाई दिएका छन् ।

आज एक अपिल मार्फत उनले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई एकताको आधार बनाउन आग्रह गरेका छन्। न्यौपानेले निर्वाचनमा केही अग्रज तथा प्रतिभावान् साथीहरू निर्वाचित हुन नसकेकोप्रति दुःख व्यक्त गर्दै अबका दिनमा पार्टीका सबै तहमा निर्वाचित नेतृत्वले अग्रजप्रति सम्मान गर्दै संगठनलाई सुदृढ, अनुशासित र एकताबद्ध बनाउनुपर्ने बताएका छन्। उनले निकट भविष्यमा हुने स्थानीय तह र प्रदेश निर्वाचनलाई समेत ध्यानमा राखेर पार्टी संगठनलाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन्। जिल्ला, प्रदेश र केन्द्र तहका निर्वाचन अझै बाँकी रहेको उल्लेख गर्दै उनले आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा आत्मसात् गर्दै पार्टीको मूल उद्देश्य र संगठनात्मक एकतालाई केन्द्रमा राख्नुपर्ने बताएका छन्। निर्वाचनका क्रममा भएका कमी–कमजोरीबाट पाठ सिकेर आगामी दिनमा कांग्रेसलाई थप मजबुत बनाउने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ।

क्षेत्र नम्बर १ को निर्वाचनमा सबै मतदातासँग व्यक्तिगत रूपमा सम्पर्क गरी मत माग्न नसकेकोमा क्षमायाचना गर्दै न्यौपानेले आफूलाई विवेकपूर्ण मतदानमार्फत विजयी गराउने सम्पूर्ण मतदाता तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्। साथै क्षेत्रीय तहसम्मका निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने तथा निर्वाचन प्रक्रियामा खटिएका सबैप्रति धन्यवाद दिँदै उनले आफ्नो अपिलमा पार्टीभित्रको प्रतिस्पर्धापछि पनि सहकार्य, सम्मान र संगठन निर्माणको वातावरण कायम राख्न आग्रह गरेका छन्। अ



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button