हेडलाईनसमाचारगण्डकीघिरिङऋषिङभिमादम्याग्देशुक्लागण्डकी

तनहुँ–२ कांग्रेसमा प्रतिनिधिको फैसला : पुराना अनुहारसँगै युवा पुस्ताको प्रवेश, नेतृत्वको शक्ति–सन्तुलनमा नयाँ संकेत

प्रहार समाचार । तनहुँ, १५ असोज २०८३ बिहीबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधि निर्वाचनले पुराना राजनीतिक अनुहारसँगै नयाँ पुस्तालाई समेत अघि सार्दै क्षेत्रीय राजनीतिमा शक्ति–सन्तुलनको नयाँ तस्वीर प्रस्तुत गरेको छ।

मतगणना सकिँदा खुलातर्फ जीतप्रकाश आले, कृष्णराज पण्डित, चुडामणि खनाल, मिलन आले, राजेन्द्रकृष्ण श्रेष्ठ, ध्रुव वाग्ले, किसान गुरुङ, इन्द्रबहादुर आले, मोहन गिरी र मनिष आर्याल निर्वाचित भएका छन्। कांग्रेसको घोषित कार्यतालिकाअनुसार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ। नेपाली कांग्रेसनिर्वाचन परिणामले क्षेत्रीय प्रतिनिधिहरूले नेतृत्वको निरन्तरता र सामाजिक–समावेशी प्रतिनिधित्वलाई एकैसाथ अघि बढाएको देखाएको छ। आदिवासी जनजातितर्फ श्रीराम आले, हिराबहादुर थापा र मोहनकुमार श्रेष्ठ, खुला महिलातर्फ मायादेवी राना, निर्जला आर्याल, बिन्दु मल्ल ठकुरी (आस्था) र बद्रिका भट्टराई तथा जनजाति महिलातर्फ गिनुमाया थापा निर्वाचित भएका छन्।

पेशागत विज्ञतर्फ वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, दलिततर्फ डोलबहादुर सुनार, खस आर्य महिलातर्फ मधुमाया पन्थी, खस आर्य पुरुषतर्फ रविचन्द्र पौडेल र श्रमिकतर्फ सञ्जितकुमार पतेनी निर्वाचित भएका छन्। यसअघि क्षेत्रीय सभापतिमा जितराज राना ७२१ मतसहित निर्वाचित भएको परिणामले पनि क्षेत्रीय नेतृत्वको नयाँ संरचना तय भएको देखाउँछ । सबैभन्दा महत्वपूर्ण संकेत भने युवा प्रतिनिधित्वमा देखिएको छ। ३५ वर्षमुनिको युवा कोटाबाट अनुप आले, राजेशकुमार श्रेष्ठ र एजिना महत निर्वाचित भएका छन्।

यसले अबको कांग्रेसमा प्रतिनिधित्वको बहस केवल पुराना गुट र अनुहारमा सीमित नरही पुस्तान्तरण, समावेशिता र नयाँ राजनीतिक आवाजतर्फ समेत केन्द्रित हुन थालेको संकेत गर्छ। तनहुँ–२ बाट निर्वाचित प्रतिनिधिहरू अब पार्टीको केन्द्रीय महाधिवेशनमा पुग्दा क्षेत्रीय संगठनको शक्ति, नेतृत्वको दिशा र भावी राजनीतिक प्राथमिकताबारे उनीहरूले लिने भूमिकामाथि समेत चासो बढेको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button