हेडलाईनसमाचारबागमती

१५औँ महाधिवेशनलाई लिएर कांग्रेसमा देखिएको विवाद सतहमा : देउवा समूहले आयोगमै दर्ता गरायो छुट्टै कार्यतालिकाम

काठमाडौँ । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर देखिएको विवाद अब समानान्तर राजनीतिक अभ्यासबाट औपचारिक टकरावतर्फ उन्मुख भएको छ। निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आफ्नै महाधिवेशन कार्यतालिका निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता गराउँदै असोज १५ गतेदेखि वडा अधिवेशन र मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने जानकारी दिएको छ। तस्बिर : साङ्केतिक एआई

देउवाको हस्ताक्षर रहेको पत्र आयोगमा दर्ता भएको नेता एनपी साउदले बताएका छन् भने आयोगले पनि पत्र प्राप्त भएको पुष्टि गरेको छ। देउवा समूहको प्रस्तावित कार्यतालिकाले कांग्रेसभित्रको विवादलाई अब नाराभन्दा बाहिर निकालेर निर्वाचन प्रक्रियाकै दुई समानान्तर धारमा पुर्‍याएको छ। कार्यतालिकाअनुसार असोज १५ गते वडा, असोज २० गते गाउँ तथा नगरपालिका, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मङ्सिर ४ गते प्रदेश अधिवेशन गर्ने उल्लेख छ। त्यसपछि मङ्सिर २१–२३ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने देउवा समूहको तयारी छ।

यसअघि कांग्रेसको केन्द्रीय कार्यसमितिले असोज १६–१९ गते १५औँ केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। अब एकै पार्टीभित्र फरक–फरक मिति, फरक प्रक्रियाबाट महाधिवेशन अघि बढाउने अवस्था बनेपछि कांग्रेसको नेतृत्व, महाधिवेशनको वैधता र पार्टीको आधिकारिकतामाथिको विवाद झन् पेचिलो बनेको छ। देउवा समूहले निर्वाचन आयोगमा पत्र दर्ता गरेर आफ्नो दाबीलाई संस्थागत रूपमा अभिलेख गराउने प्रयास गरेसँगै कांग्रेसको आन्तरिक शक्ति संघर्ष अब संगठनभित्रको मात्र नभई संवैधानिक तथा कानुनी प्रक्रियासँग जोडिएको नयाँ चरणमा प्रवेश गरेको देखिन्छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button