हेडलाईनसमाचारगण्डकीघिरिङ

तनहुँको घिरिङका क्षतिग्रस्त पुलदेखि सडकसम्म सुरक्षा समितिको स्थलगत अनुगमन

प्रहार समाचार । तनहुँ, १४ असोज २०८३ बुधबार । तनहुँको घिरिङ गाउँपालिकामा अविरल वर्षापछि भएको क्षतिको स्थलगत अनुगमन गर्दै जिल्ला सुरक्षा समितिले तत्कालीन अवस्थाबारे जानकारी लिएको छ। असोज ८ गतेदेखि १२ गतेसम्म परेको निरन्तर वर्षाका कारण गाउँपालिकाका विभिन्न क्षेत्रमा पुगेको क्षतिको अवस्थाबारे प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको नेतृत्वमा बुधबार अनुगमन गरिएको हो।

प्रमुख जिल्ला अधिकारी तिवारीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्की, जिल्ला सुरक्षा समिति तनहुँका पदाधिकारी तथा घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापासहितको टोलीले क्षतिग्रस्त संरचनाको स्थलगत निरीक्षण गरेको हो। टोलीले घिरिङ गाउँपालिकाअन्तर्गत वर्षाका कारण क्षति पुगेका ७ वटा झोलुङ्गे पुल, एक वटा बेलिब्रिज लगायतका संरचनाको अवस्थाबारे प्रत्यक्ष जानकारी लिएको थियो।अनुगमनका क्रममा भिमाद–रामपुर सडकखण्डको अवस्थासमेत निरीक्षण गरिएको छ।

वर्षाका कारण स्थानीय पूर्वाधारमा पुगेको क्षति, आवागमनमा पर्न सक्ने असर तथा तत्काल गर्नुपर्ने सुरक्षा र मर्मतसम्भारका विषयमा स्थलगत अवस्थाको मूल्याङ्कन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। वर्षापछिको क्षतिको वास्तविक अवस्था पहिचान गरी सम्बन्धित निकायमार्फत आवश्यक व्यवस्थापन र पुनःस्थापनाका लागि पहल गर्ने उद्देश्यले अनुगमन गरिएको हो।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button