हेडलाईनसमाचारभानुगण्डकी

तनहुँको भानु नगरका पाँच नेताको ‘इन्ट्री’ : तनहुँ–१ कांग्रेसमा क्षेत्रदेखि प्रदेशसम्म प्रभावशाली उपस्थिति

प्रहार समाचार ‘ तनहुँ, १४ असोज २०८३ बुधबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ को निर्वाचन परिणामले भानु नगरपालिकाका पाँच नेताको प्रभावशाली उपस्थिति देखाएको छ। क्षेत्रीय नेतृत्वदेखि प्रदेश तह र प्रतिनिधिसम्म भानुका पाँच नेता महत्वपूर्ण पदमा विजयी भएका हुन्।

क्षेत्रीय सभापतिमा भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठी निर्वाचित हुँदा सहसचिवमा कुबेर खनाल तथा आदिवासी जनजाति खुलातर्फ सन्तोष गिरी विजयी भएका छन्। त्यस्तै, तनहुँ–१ प्रदेश (क) को सभापतिमा धिरेश खनाल र ३५ वर्षमुनिको प्रदेश प्रतिनिधिमा सुजन थपलिया निर्वाचित भएका छन्।

एउटै निर्वाचनबाट भानुका पाँच नेताले क्षेत्रीय र प्रदेश तहका महत्वपूर्ण जिम्मेवारी हात पारेपछि तनहुँ–१ कांग्रेसमा भानुको प्रतिनिधित्व थप बलियो बनेको छ। क्षेत्रीय सभापतिदेखि युवा प्रतिनिधिसम्मको परिणामले भानुबाट कांग्रेसको संगठनात्मक नेतृत्वमा नयाँ समीकरण र प्रभाव विस्तार भएको सन्देश दिएको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button