हेडलाईनसमाचारगण्डकीभिमादस्वास्थ्य

तनहुँको भिमाद नगरपालिकामा असोज १४ र १५ गते एचपीभी खोप अभियान, कक्षा ६ का बालिकालाई अनिवार्य खोप लगाउन आग्रह

प्रहार समाचार । तनहुँ, १३ असोज २०७३ मङ्गलवार । पाठेघरको मुखको क्यान्सरबाट बालिकालाई जोगाउने उद्देश्यले तनहुँको भिमाद नगरपालिकाले एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । नगरपालिकाले सूचना जारी गर्दै यही असोज १४ र १५ गते नगर क्षेत्रका विभिन्न विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिकालाई लक्षित गरी खोप सञ्चालन गर्न लागेको जनाएको हो ।

विद्यालय नजाने १० वर्ष उमेरका बालिकाले पनि नजिकको खोप केन्द्रमा पुगेर खोप लगाउन सक्ने नगरपालिकाले जनाएको छ । भिमाद नगरपालिकाका अनुसार वडा नं. १ देखि ८ सम्मका विभिन्न विद्यालयलाई खोप केन्द्र तोकिएको छ । अभियानअन्तर्गत सिद्धार्थ मावि, पृथ्वी मावि, बलभद्र आवि, शंकर मावि, बालविकास मावि, बाल शैक्षणिक मावि, पार्वती मावि, बाल निकेतन आवि, बाल कल्याण आवि, पाटन बोर्डिङ स्कुल, जनज्योती मावि तथा आवि, भिम मेमोरियल बोर्डिङ स्कुल, माउन्ट अन्नपूर्ण बोर्डिङ स्कुल, अमर भूपू सैनिक बोर्डिङ स्कुल, हिल पोइन्ट एकेडेमी, धर्म मावि, बालज्योती आवि, मंगोलदय मावि, हिमालय मावि, जयनेपाल आवि र बुचाखानी माविलगायतका विद्यालयमा तोकिएको मितिमा खोप दिइनेछ ।

नगरपालिकाले लक्षित उमेर समूहका बालिकालाई खोपबाट वञ्चित हुन नदिन अभिभावक तथा विद्यालयलाई समेत समन्वयका लागि आग्रह गरेको छ । खोप अभियानमा छुटेका बालिकाका लागि असोज १६ गते भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शोभाखर पोख्रेलले जनाए । छ नगरपालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि सञ्चालन गरिएको अभियानमा लक्षित सबै बालिकालाई सहभागी गराई समयमै एचपीभी खोप लगाउन आग्रह गरेको छ । अभियानसम्बन्धी थप जानकारीका लागि नगरपालिकाले तोकेका स्वास्थ्यकर्मी तथा सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button