हेडलाईनव्याससमाचारगण्डकी

इन्जिनियरिङ अनुभवलाई कांग्रेसको नीति र संगठनसँग जोड्ने प्रतिबद्धता, तनहुँ–१ बाट ह पौडेलको उम्मेदवारी

प्रहार समाचार । तनहुँ, १२ असोज २०८३ सोमबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ निर्वाचन क्षेत्र नं. १ बाट इन्जिनियर हरि दत्त पौडेलले महाधिवेशन प्रतिनिधि (पेशागत विज्ञ) पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।

इन्जिनियरिङ क्षेत्र तथा सार्वजनिक सेवाबाट हासिल गरेको अनुभवलाई पार्टीको नीति निर्माण, संगठन सुदृढीकरण, सुशासन र विकासका सवालसँग जोड्ने प्रतिबद्धतासहित पौडेल महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा उत्रिएका हुन्। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले २०८३ असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

नेपाली कांग्रेसपौडेलले खानेपानी, पूर्वाधार, स्थानीय विकास र जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयलाई प्राथमिकताका साथ उठाउने बताएका छन्। “अनुभवलाई केवल पेशामा सीमित नराखी पार्टीको नीति, संगठन र जनताको आवश्यकतासँग जोड्नुपर्छ” भन्ने धारणा अघि सार्दै उनले पार्टीभित्र विचार, अनुभव र पुस्ताबीचको समन्वय बलियो बनाउनुपर्नेमा जोड दिएका छन्। गण्डकी प्रदेश सदस्यसमेत रहेका पौडेलले कार्यकर्ताको सम्मान, सहभागिता र भूमिकालाई प्रभावकारी बनाउँदै कांग्रेसलाई थप जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

‘सुदृढ पार्टी, समृद्ध नेपाल र समावेशी विकास’लाई राजनीतिक आधार बनाएका पौडेलले राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्शप्रति प्रतिबद्ध रहँदै इमानदारी, निष्ठा र जिम्मेवारीका साथ काम गर्ने बताएका छन्। पेशागत विज्ञको अनुभवलाई संगठन र विकासको बहसमा उपयोग गर्ने दाबी गर्दै उनले क्षेत्र नं. १ का प्रतिनिधिहरूसँग सुझाव, सल्लाह, विश्वास र सहयोगको अपेक्षा गरेका छन्। उनको उम्मेदवारीसँगै तनहुँ–१ को महाधिवेशन प्रतिनिधि चयनमा पेशागत विज्ञको प्रतिनिधित्व, प्राविधिक ज्ञान र विकासका मुद्दालाई पार्टीको नीतिगत बहससँग जोड्ने विषय पनि चर्चामा आएको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button