हेडलाईनव्याससमाचारगण्डकी

तनहुँ–१ मा महाधिवेशन प्रतिनिधिका लागि दीपक भट्टराईको उम्मेदवारी, विद्यार्थी आन्दोलनदेखि कांग्रेस संगठनसम्मको अनुभव मैदानमा

प्रहार समाचार । तनहुँ, १२ असोज २०८३ सोमबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिंदै जाँदा तनहुँ निर्वाचन क्षेत्र नं. १ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधिमा युवा नेता दीपक भट्टराईले उम्मेदवारी प्रस्तुत गरेका छन्।

‘राष्ट्रको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबै कांग्रेस एकताबद्ध’ भन्ने भावनासहित भट्टराईले सुदृढ संगठन, एकता र नयाँ ऊर्जाका साथ कांग्रेसलाई अघि बढाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्। व्यास नगरपालिका–११ मा जन्मिएका भट्टराईले विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा अघि बढाउँदै कांग्रेसको संगठनात्मक राजनीतिमा आफूलाई स्थापित गरेका हुन्।कठिन राजनीतिक परिस्थितिमा त्रिचन्द्र क्याम्पसको स्ववियु सभापतिको जिम्मेवारी सम्हाल्दै विद्यार्थी आन्दोलनको नेतृत्व गरेका भट्टराई नेविसंघको केन्द्रीय महामन्त्रीसम्म पुगेका नेता हुन्।

विद्यार्थी आन्दोलनको नेतृत्वदेखि पार्टीको केन्द्रीय संगठनसम्मको अनुभवलाई उनले आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण आधारका रूपमा अघि सारेका छन्। विद्यार्थी राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै केन्द्रमा समेत आफ्नो प्रभाव र राजनीतिक पहिचान निर्माण गरेका भट्टराईले अब नेपाली कांग्रेसको मूलधारको राजनीतिमा थप जिम्मेवारीका लागि महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका हुन्।

भट्टराईले राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूल आदर्शलाई आत्मसात् गर्दै कांग्रेसभित्र संगठनात्मक एकता, नयाँ ऊर्जा र पुस्तान्तरणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। लामो समय विद्यार्थी संगठनमा काम गरेको अनुभवलाई पार्टीको संगठन निर्माण र सुदृढीकरणमा उपयोग गर्ने बताउँदै उनले तनहुँ क्षेत्र नं. १ का कांग्रेसजनसँग सहयोगको अपेक्षा गरेका छन्। आफूलाई ‘तपाईंको साथी’ का रूपमा प्रस्तुत गर्दै भट्टराईले महाधिवेशन प्रतिनिधि छनोटमा सहयोग गर्न आग्रह गरेका छन्।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button