प्रहार समाचार ।तनहुँ, ११ असोज २०८३ आइतबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक सरगर्मी बढिरहेका बेला लामो समय नेपाल विद्यार्थी संघमा रहेर संगठनमा सक्रिय आशिष कैनीले तनहुँ क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधि (३५ वर्षमुनि) तर्फ उम्मेदवारी दिएका छन्।

कांग्रेसको विचार, मूल्य, सिद्धान्त र संगठनलाई आफ्नो राजनीतिक यात्राको आधार बनाएका कैनीले निरन्तर संघर्ष र सक्रियताका साथ पार्टी संगठनमा योगदान गर्दै आएको भन्दै यसपटक युवा प्रतिनिधिका रूपमा आफूलाई अघि सारेका हुन्।नेविसंघबाट राजनीतिक यात्रा अघि बढाएका कैनीले पार्टी र संगठनसँगको आफ्नो लामो सम्बन्धलाई आगामी जिम्मेवारीको आधार बनाएका छन्। इन्जिनियरिङ पृष्ठभूमिबाट आएका उनले समस्या पहिचान गर्ने, समाधान खोज्ने र नयाँ सोचका साथ काम गर्ने आफ्नो क्षमता संगठनमा उपयोग गर्न चाहेको बताएका छन्।

युवा पुस्ताको ऊर्जा, प्रविधि र सिर्जनशीलतालाई कांग्रेसको संगठनात्मक सुदृढीकरणसँग जोड्दै पार्टीको आगामी यात्रामा थप प्रभावकारी भूमिका निर्वाह गर्ने उनको प्रतिबद्धता छ।“पार्टीमा मेरो योगदान, सक्रियता र आगामी यात्राप्रतिको प्रतिबद्धतालाई भरोसा गरिदिनुहोस्,” भन्दै कैनीले महाधिवेशन प्रतिनिधिहरूसँग मत मागेका छन्। व्यास नगरपालिका वडा नम्बर ११ निवासी उनले तनहुँ क्षेत्र नं. १ महाधिवेशन प्रतिनिधि (३५ वर्षमुनि) उम्मेदवार आशिष कैनीलाई आफ्नो अमूल्य मत दिई विजयी गराउन आग्रह गरेका छन्। आफ्नो पक्षमा प्राप्त हुने प्रत्येक मतलाई थप जिम्मेवारीका साथ पार्टी र संगठनमा काम गर्ने हौसलाका रूपमा लिने उनको भनाइ छ। ज





















