प्रहार समाचार । कास्की, ११ असोज २०८३ आइतबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. १ बाट ट्रेड युनियन कांग्रेस तनहुँका अध्यक्ष कृष्णबहादुर केसीले श्रमिकतर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन्।

श्रमिकको हक, अधिकार र सम्मानलाई आफ्नो उम्मेदवारीको मुख्य आधार बनाएका केसीले कांग्रेसभित्र श्रमिकका आवाजलाई अझ प्रभावकारी रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाएका छन्। श्रमिक वर्गसँग प्रत्यक्ष जोडिएर काम गर्दै आएका केसीले मजदुरका समस्या, अधिकार र सामाजिक सुरक्षाका विषयमा पार्टीभित्र खरो रूपमा आवाज उठाउँदै आएको बताएका छन्। उनले श्रमिकलाई केवल राजनीतिक गतिविधिमा सहभागी गराउनेभन्दा उनीहरूका वास्तविक समस्या र अधिकारलाई नीतिगत तहमा सम्बोधन गर्नुपर्नेमा जोड दिँदै राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल आदर्शलाई व्यवहारमा उतार्न आफ्नो उम्मेदवारी रहेको बताएका छन्।

केसीले ‘स्वस्थ लोकतन्त्र, समृद्ध नेपाल’ निर्माणका लागि श्रमिकको सम्मान र अधिकार सुनिश्चित हुनुपर्ने धारणा राख्दै महाधिवेशन प्रतिनिधिमा आफूलाई निर्वाचित गराउन अपिल गरेका छन्। उनले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पदभन्दा श्रमिक समुदायको आवाज कांग्रेसको नीति र नेतृत्व तहसम्म पुर्याउने अभियानका रूपमा प्रस्तुत गर्दै अमूल्य मत दिएर विजयी गराउन मतदातासँग आग्रह गरेका छन्।





















