आँबुखैरेनीहेडलाईनव्याससमाचारभानुबन्दीपुरदेवघाटघिरिङगण्डकीऋषिङभिमादम्याग्देशुक्लागण्डकी

तनहुँ कांग्रेसमा चुनावी बिगुल : १२ गते मनोनयन, १३ गते मतदान

प्रहार समाचार । तनहुँ, ११ असोज २०८३ आइतबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँका प्रतिनिधि छनोटको निर्वाचन कार्यक्रम सार्वजनिक भएसँगै जिल्लाको कांग्रेस राजनीतिमा चुनावी सरगर्मी थप चर्किएको छ। मौसम प्रतिकूलताका कारण यसअघि स्थगित भएको क्षेत्रीय अधिवेशन अब असोज १२ र १३ गते हुने भएको हो।

तालिकाअनुसार असोज १२ गते बिहान १०ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुनेछ। त्यसको भोलिपल्ट असोज १३ गते बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदान हुने कांग्रेस तनहुँले जनाएको छ। क्षेत्र नं. १ को निर्वाचन दमौलीस्थित सभा हलमा र क्षेत्र नं. २ को निर्वाचन बेलचौतारा सामुदायिक भवनमा हुनेछ। कांग्रेसको केन्द्रीय निर्वाचन कार्यतालिकाअनुसार प्रतिनिधि छनोट हुँदै महाधिवेशन असोज १६ देखि १९ गतेसम्म आयोजना हुँदैछ।

नेपाली कांग्रेसमनोनयनको समयसँगै आकांक्षीहरूबीचको प्रतिस्पर्धा औपचारिक निर्वाचनको मैदानमा प्रवेश गर्ने भएको छ। सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूलाई तोकिएको समय र स्थानमा उपस्थित हुन आग्रह गरिएको छ। अब असोज १२ गतेको मनोनयनले दाबेदारहरूको वास्तविक शक्ति परीक्षणको संकेत दिनेछ भने १३ गतेको मतदानले तनहुँ कांग्रेसबाट महाधिवेशन प्रतिनिधित्व गर्ने अनुहारको टुंगो लगाउनेछ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button