हेडलाईनव्याससमाचारगण्डकीम्याग्दे

वर्षाले पृथ्वी राजमार्गमा पहिरोको ‘ब्रेक’, तनहुँको घाँसीकुवा र मौरीभिरमा दुईतर्फी सडक ठप्प

प्रहार समाचार । तनहुँ, ११ असोज २०८३ आइतबार । अविरल वर्षासँगै तनहुँको पृथ्वी राजमार्गका दुई स्थानमा पहिरो खस्दा आइतबार बिहानैदेखि सडक अवरुद्ध भएको छ । व्यास नगरपालिका–१२ घाँसीकुवा र म्याग्दे गाउँपालिका–६ मौरीभिरमा सडक माथिबाट लेदो माटोसहितको पहिरो खसेपछि राजमार्गमा दुईतर्फी यातायात ठप्प भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिहान करिब ५ः३० बजे घाँसीकुवास्थित पृथ्वी राजमार्गमा पहिरो खसेको सूचना प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थलतर्फ परिचालन गरिएको थियो । पहिरोले सडकको दुवैतर्फको आवागमन रोकेपछि सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय गरी काम अघि बढाइएको प्रहरीले जनाएको छ ।

त्यसैगरी म्याग्दे–६ मौरीभिरमा पनि सोही समयमा सडक माथिबाट लेदो माटोसहितको पहिरो खसेर राजमार्ग अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरी टोली घटनास्थलमा खटिएर सडक खुलाउने पहल भइरहेको छ । पहिरोका कारण राजमार्गमा सवारीसाधन रोकिँदा यात्रु तथा मालवाहक सवारी प्रभावित भएका छन् ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button