प्रहार समाचार । काठमाडौँ, ११ असोज २०८३ आइतबार । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार महाराजगञ्जस्थित निवासबाटै उनलाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले जनाएको छ।

जबराविरुद्ध २०७८ फागुन १ गते महाअभियोग दर्ता भएपछि उनी निलम्बनमा परेका थिए। लामो समय संसद्मा अल्झिएको महाअभियोग अधिवेशन अन्त्यसँगै निष्क्रिय भएको पत्र आएपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो।
२४ भदौमा सर्वोच्चको संवैधानिक इजलासले जबराविरुद्धको महाअभियोगको औचित्य समाप्त भएको ठहर गर्दै चारवटै रिट खारेज गरेको थियो। उक्त फैसला आएको केही दिनमै जबरा पक्राउ परेपछि घटनाले नयाँ मोड लिएको छ। पक्राउको विस्तृत कारण र विवरण भने खल्न बाँकी रहेको समाचार श्रोतले जनाएको छ । जबरा पक्राउ परे सङ्गै न्यायलयमा नयाँ तरङ्ग उत्पन्न भएको छ ।





















