हेडलाईनसमाचारबागमती

महासभाबाट फर्किए बालेन : भोटेकोशी–त्रिशूलीको पीडा विश्वमञ्चमा उठाएर

प्रहार समाचार । काठमाडौं, १० असोज २०८३ शनिबार । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको जलवायु संकट र हिमाली क्षेत्रको बढ्दो जोखिमलाई विश्वमञ्चमा उठाएर प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किएका छन्। प्रधानमन्त्री शाह शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनलाई कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र संस्कृति, नागरिक तथा उड्डयनमन्त्री खडकराज पौडेलले विमानस्थलमा स्वागत गरेका थिए।

असोज ८ गते महासभालाई सम्बोधन गर्दै शाहले हालैको भोटेकोशी–त्रिशूली बाढीलाई नेपालको मात्र विपद् नभई विश्वका लागि जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गरेका थिए। उनले हिमनदी पग्लिने, पहिरो र बाढीको जोखिम नेपालबाट चीन र भारतसम्म फैलिएको उल्लेख गर्दै जलवायु परिवर्तनले सीमा नचिन्ने बताएका थिए।

महासभामा शाहले जलवायु न्यायलाई आर्थिक सहयोगमा मात्र सीमित नगरी क्षतिको भार, निर्णय प्रक्रियामा सहभागिता र जोखिममा रहेका समुदायको आवाजसँग जोड्नुपर्ने धारणा राखेका थिए। हिमाली समुदाय, साना टापु राष्ट्र, भूपरिवेष्टित तथा अति कम विकसित देश र भावी पुस्ताको हितलाई अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा समान महत्व दिनुपर्ने उनको भनाइ थियो।

महासभा सहभागिताका क्रममा शाहले विभिन्न देशका प्रतिनिधिसँग भेटवार्ता गर्दै नेपालको प्राथमिकता र अन्तर्राष्ट्रिय सहकार्यबारे धारणा राखेका थिए। उनले नेपाल–भारत–चीनको सहकार्यमा हिमाली जलवायु प्रतिरोधी संयन्त्र निर्माण, पूर्वसूचना प्रणाली तथा विपद् जोखिम न्यूनीकरणमा सहकार्यको प्रस्तावसमेत अघि सारेका थिए।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button