आँबुखैरेनीहेडलाईनसमाचारभानुबन्दीपुरदेवघाटगण्डकी

‘अनुभवलाई सम्मान, नयाँ पुस्तालाई स्थान’—कांग्रेसमा पुस्तान्तरणको एजेन्डासहित ढकाल मैदानमा

प्रहार समाचार । तनहुँ, ९ असोज २०८३ शुक्रबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा तनहुँ क्षेत्र नं. १ मा महाधिवेशन प्रतिनिधिका लागि एलिजा ढकालले युवा महिला तर्फबाट उम्मेदवारी घोषणा गरेकी छन्।

लामो समयदेखि विद्यार्थी राजनीति हुँदै पार्टी संगठनमा सक्रिय ढकालले यसपटकको आफ्नो दाबीलाई पद प्राप्तिको सामान्य प्रतिस्पर्धाभन्दा पनि पार्टीभित्र पुस्तान्तरण, युवाको निर्णायक सहभागिता र नयाँ विचारलाई नेतृत्वको मूलधारमा स्थापित गर्ने अभियानका रूपमा अघि सारेकी छन्। कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आबद्ध ढकाल नेपाल विद्यार्थी संघकी पूर्व केन्द्रीय सदस्यसमेत हुन्। ढकालको राजनीतिक एजेन्डाको केन्द्रमा ‘पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा’बीचको सम्बन्ध देखिन्छ।

अघिल्लो पुस्ताले निर्माण गरेको संगठनात्मक आधार, राजनीतिक संस्कार र अनुभवलाई आत्मसात् गर्दै नयाँ पुस्ताको दृष्टिकोण, प्रविधि, कार्यशैली र बदलिँदो जनअपेक्षालाई पार्टीको नीति तथा निर्णय प्रक्रियासँग जोड्नुपर्ने उनको धारणा छ। त्यसैले उनले “अघिल्लो पुस्ताको अनुभव र संस्कार, नयाँ पुस्ताको दृष्टिकोण र विचार जोड्ने सेतु बन्न मेरो उम्मेदवारी” भन्ने सन्देशसहित आफूलाई अघि सारेकी छन्। युवा पुस्ताको सहभागिता केवल नारामा सीमित नभई पार्टीको नीति निर्माण र नेतृत्व विकासको प्रक्रियामै प्रभावकारी हुनुपर्नेमा जोड दिँदै ढकालले संगठन सुदृढीकरण, युवाको भूमिका विस्तार र कांग्रेसलाई समयअनुकूल गतिशील बनाउने विषयलाई प्राथमिकतामा राखेकी छन्। यसअघि पनि कांग्रेसको प्रदेश प्रतिनिधिका रूपमा सक्रिय भूमिका निर्वाह गरेकी ढकाल युवा पुस्ताबाट आएको राजनीतिक आवाजलाई संगठनको निर्णय तहसम्म पुर्‍याउने दाबी गर्छिन्।

राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई राजनीतिक आधार बनाउँदै ‘परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस’को नारासहित मैदानमा उत्रिएकी ढकालको उम्मेदवारीले तनहुँ–१ को महाधिवेशनमा पुस्तान्तरणको बहसलाई थप अगाडि ल्याएको छ। उनले आफ्नो अभियानलाई व्यक्तिगत आकांक्षाभन्दा माथि उठाउँदै अनुभव र ऊर्जाबीचको समन्वयबाट कांग्रेसलाई अझ प्रभावकारी बनाउने उद्देश्यका रूपमा प्रस्तुत गरेको उनको उनको दाबी छ ग



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button