आँबुखैरेनीहेडलाईनसमाचारगण्डकीऋषिङम्याग्दे

बाढीपहिरोको चपेटाबाट अछुतो रहेन तनहुँ, विभिन्न स्थानमा क्षति; राजमार्गदेखि प्रहरी चौकीसम्म जोखिम

प्रहार समाचार । तनहुँ, ९ असोज २०८३ शुक्रबार । लगातारको वर्षासँगै आएको बाढीपहिरोले तनहुँका विभिन्न स्थानमा क्षति पुर्‍याउन थालेको छ । पृथ्वी राजमार्गदेखि ग्रामीण सडक, घर तथा सरकारी संरचनासम्म वर्षाजन्य विपद्को जोखिममा परेपछि जिल्लाका सुरक्षा निकाय र प्रशासनले स्थलगत अनुगमन तीव्र बनाएका छन् ।

केही स्थानमा सडकमा हिलो तथा पहिरो खसेर आवागमन प्रभावित भएको छ भने घर तथा पसलसमेत जोखिममा परेका छन् ।

बाढीपहिरोको जोखिम बढेपछि प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी, सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्की, अनुसन्धानका मनोज ढकाल, प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरे तथा सडक डिभिजन कार्यालयका प्रतिनिधिसहितको टोलीले पृथ्वी राजमार्गका विभिन्न स्थानको निरीक्षण गरेको छ ।

बन्दीपुर गाउँपालिका–४ ठूलोढुंगानजिक सडक छेउमा घरेडी खारिएको स्थानमा हिलो जम्दा दुर्घटनाको जोखिम बढेपछि टोलीले तत्काल हिलो पन्छाउने कामसमेत गरेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।आँबुखैरेनी गाउँपालिका–३ ऐनापहरास्थित पृथ्वी राजमार्गको घुम्तीमा सन्तोष थापाले सञ्चालन गरेको फलाम र टिनबाट बनेको कच्ची चिया तथा खाजा पसल अविरल वर्षाका कारण भासिएको छ । सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी टोली परिचालन गरी पसलका सामान सुरक्षित स्थानमा सारिएको छ ।

उक्त स्थानमा सडक जोखिममा रहे पनि हालसम्म राजमार्ग अवरुद्ध नभएको प्रहरीले जनाएको छ ।यस्तै, म्याग्दे गाउँपालिका–७ तिलेटारमा यसोधा नेपालीको घरको पश्चिमपट्टि रहेको भित्री सडकको डिलको पर्खाल भत्किएपछि घर जोखिममा परेको छ । प्रहरी टोलीले घटनास्थलमा पुगेर घरभित्रका सामान सुरक्षित स्थानमा सार्ने काम गरिरहेको छ ।

ऋषिङ गाउँपालिका–८ ऋषिङस्थित श्रीङ्गापथ मार्गको भित्री सडकखण्डमा करिब २० मिटर माथिबाट पहिरो खसेर सडक अवरुद्ध भएपछि प्रहरी टोली परिचालन गरी साना सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी पहिरो पन्छाइएको छ । सडक पूर्णरूपमा खुलाउन गाउँपालिकासँग समन्वय भइरहेको छ । सोही स्थानमा रहेको कृषि कार्यालय ऋषिङको भवनमा रहेको प्रहरी चौकी ऋषिङरानीपोखरीसमेत जोखिममा परेको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिए ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button