हेडलाईनसमाचारगण्डकी

लमजुङको मध्यनेपाल नगरको नेपाली कांग्रेसको सभापतिमा गुरुङ

• विजय अधिकारी (संवाददाता) लमजुड, ९ असोज २०८३ शुक्रबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत लमजुङको मध्यनेपाल नगरपालिकामा नेतृत्व चयनका लागि भएको निर्वाचनमा कमप्रसाद गुरुङ सभापतिमा निर्वाचित भएका छन्।

असोज ८ गते सम्पन्न मतदानमा गुरुङले १३२ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी ओमवीर गुरुङलाई २३ मतले पछि पारेका हुन्। कुल २५४ प्रतिनिधिमध्ये २४१ जनाले मतदान गरेका थिए, जुन ९४.८५ प्रतिशत मतदान हो। निर्वाचन अधिकृत रामकृष्ण घिमिरेका अनुसार ओमवीरले १०९ मत प्राप्त गरेका थिए।सभापतिका दुई प्रत्यासीबीच भएको प्रतिस्पर्धामा कमप्रसादले स्पष्ट मतान्तरसहित नेतृत्व आफ्नो पक्षमा पारेका हुन्। निर्वाचित गुरुङ मध्यनेपाल नगरपालिका–७ रामबजारस्थित कुसुमाकर माध्यमिक विद्यालयमा लेखापालका रूपमा कार्यरत छन्।

उनको पैतृक थलो लमजुङको क्व्होलासोंथर गाउँपालिका–९ गिलुङ हो। उनका प्रतिस्पर्धी ओमवीर गुरुङ क्व्होलासोंथर गाउँपालिका–५ का वडाध्यक्षका रूपमा कार्यरत छन्।लमजुङमा आठ स्थानीय तह रहेकामा नगर सभापति चयनका क्रममा मध्यनेपालमा मतदानबाट नेतृत्व टुंगिएको हो। जिल्लाका अन्य स्थानीय तहमा सभापति चयन निर्विरोध हुँदै आएको बताइएको छ। राइनास नगरपालिकामा पाँच जना आकांक्षी देखिए पनि समाचार तयार पार्दासम्म नुरराज कँडरियाको नाममा सभापति पद टुंगिएको जनाइएको छ। मध्यनेपालको निर्वाचनले कांग्रेसको स्थानीय नेतृत्व चयनमा सहमतिको प्रयाससँगै प्रतिस्पर्धात्मक अभ्यास पनि देखाएको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button