प्रहार समाचार । डोल्पा, ८ असोज २०८३ बिहीबार । डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको विमानमा प्राविधिक समस्या देखिएको छ। विमान अवतरण गर्ने क्रममा पछाडितर्फको एउटा चक्का फुस्किए पनि विमानमा सवार यात्रु तथा चालक दलका सदस्य भने सकुशल रहेको प्रहरीले जनाएको छ। तस्बिर : प्रतिकात्मक एआई

डोल्पा प्रहरीले दिएको जानकारीअनुसार विमान जुफाल विमानस्थलमा ल्यान्ड गर्ने क्रममा पछाडिको एउटा चक्का फुस्किएको हो। चक्का फुस्किएपछि विमानमा सामान्य क्षति पुगेको भए पनि घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले स्पष्ट पारेको छ।घटनापछि विमानस्थलमा आवश्यक सुरक्षा तथा उद्धार व्यवस्थापन गरिएको छ।
विमानमा कति यात्रु सवार थिए भन्ने विवरण भने प्रहरीले तत्काल सार्वजनिक गरेको छैन। घटनाबारे थप विवरण संकलन भइरहेको डोल्पा प्रहरीले जनाएको छ।





















