प्रहार समाचार । काठमाडौं, ८ असोज २०८३ बिहीबार ।भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि मित्र राष्ट्र चीन सरकारले नेपाललाई १ करोड १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ।

विपद्बाट प्रभावित बालबालिकाको आवश्यकता सम्बोधन गर्न लक्षित उक्त सहयोग चिनियाँ सरकारको तर्फबाट नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो। चिनियाँ राजदूत झाङ माओमिङले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा आयोजित कार्यक्रममा १ करोड १० लाख रुपैयाँको चेक हस्तान्तरण गरे। चेक बुझ्दै मन्त्री पोखरेलले विपद्को समयमा चीनले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि नेपाल र चीनबीच आवश्यक समन्वय र सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरे।
चिनियाँ राजदूत झाङले सुख–दुःखका हरेक अवस्थामा चीन नेपालसँगै उभिने प्रतिबद्धता व्यक्त गरे। उनले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकालाई प्रत्यक्ष सहयोग पुर्याउने उद्देश्यले सहायता उपलब्ध गराइएको बताए। बाढीबाट प्रभावित बालबालिकाको शिक्षा तथा आवश्यकतामा सहयोग पुग्ने गरी प्राप्त यो सहायता विपद्पछिको राहत तथा पुनःस्थापनामा उपयोग गरिने जनाइएको छ।





















