प्रहार समाचार । तनहुँ, ७ असोज २०८३ बुधबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत तनहुँको बन्दीपुर गाउँ पालिकाको सभापतिमा परशुराम अधिकारी सर्वसम्मत निर्वाचित भएका छन्। निर्वाचन समितिका संयोजक माधव पोखरेलका अनुसार गाउँ कार्यसमितिको उपसभापतिमा अशोक गुरुङ र महिला उपसभापतिमा लिला गिरी सर्वसम्मत निर्वाचित भएका छन्।

त्यस्तै सचिवमा सुनिल श्रेष्ठ तथा सहसचिवमा रामहरि नैनाबस्ती चयन भएका छन्। कार्यसमिति सदस्यमा कोमा थापा, रामचन्द्र भण्डारी, रामशरण मग्राती, जितबहादुर सुनार र सुदीप भट्टराई सर्वसम्मत निर्वाचित भएका छन्। त्यसैगरी जिल्ला सदस्यमा रिता तिवारी र कर्णबहादुर गुरुङ पनि सर्वसम्मत चयन भएको संयोजक पोखरेलले जानकारी दिए।
बन्दीपुरमा कांग्रेसको गाउँ तहको नेतृत्व सहमतिमै टुंगिएसँगै नयाँ कार्यसमितिले संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने अपेक्षा गरिएको छ। सर्वसम्मत नेतृत्व चयनले स्थानीय तहमा पार्टीभित्रको सहकार्य र समन्वयलाई समेत प्राथमिकता दिएको सन्देश दिएको छ।





















