हेडलाईनसमाचारगण्डकी

एसएसपी अधिकारीको कमाण्ड रहेको प्रहरी प्रदेश कार्यालय पोखरा कार्यसम्पादन मूल्याङ्कनमा सर्वोत्कृष्ट

प्रहार समाचार । पोखरा, ५ असोज २०८३ सोमबार । अपराध नियन्त्रणदेखि प्रहरी इकाइको नियमित अनुगमनसम्मका गतिविधिलाई प्रभावकारी बनाउँदै नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा कार्यसम्पादन मूल्याङ्कनमा सर्वोत्कृष्ट हुन सफल भएको छ। प्रहरी प्रधान कार्यालयले गरेको कार्यसम्पादन मूल्याङ्कनमा पोखरा प्रदेश कार्यालयले उत्कृष्ट नतिजा हासिल गरेको हो।

कार्यालयको नेतृत्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामकृष्ण अधिकारीले सम्हाल्दै आएका छन्। अधिकारीले नेतृत्व सम्हालेपछि कार्यालयले अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्राथमिकतामा राख्दै मातहतका प्रहरी इकाइको नियमित अनुगमन र निरीक्षणलाई तीव्रता दिएको कार्यालयको विवरणमा उल्लेख छ। प्रहरीको दैनिक कार्यसम्पादनलाई परिणाममुखी बनाउन अनुगमन, निर्देशन र जिम्मेवारीअनुसारको मूल्याङ्कनलाई समेत जोड दिइएको बताइएको छ।

यससँगै प्रहरी कर्मचारीको मनोबल र उत्प्रेरणाप्रदेश प्रहरी कार्यालयले अपराध अनुसन्धान, शान्ति सुरक्षा र सेवा प्रवाहमा सुधार गर्दै कार्यसम्पादन मूल्याङ्कनमा उल्लेख्य नतिजा हासिल गरेको जनाएको छ। कार्यालयका अनुसार यो उपलब्धि सामूहिक कार्यशैली, मातहत इकाइको प्रभावकारी परिचालन र नेतृत्व तहको नियमित अनुगमनको परिणाम हो। एसएसपी अधिकारीको नेतृत्वमा संगठनको निर्देशन कार्यान्वयन गर्दै प्रहरी कार्यालयहरूलाई थप जिम्मेवार र परिणाममुखी बनाइएको बताइएको छ।नेपाल प्रहरीले कार्यसम्पादन मूल्याङ्कनलाई प्रहरी कार्यालयको कामको स्तर, व्यावसायिक दक्षता र जिम्मेवारीअनुसारको परिणाम मापन गर्ने आधारका रूपमा प्रयोग गर्दै आएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button