हेडलाईनव्याससमाचारगण्डकी

विपद्का पीडितलाई मोहन बतास फाउन्डेसनको एक लाखभन्दा बढी सहयोग

तनहुँ, १३ भदौ २०८३ शनिबार । रसुवामा आएको बढीकाकारण पीडित बनेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुऱ्याउने उद्देश्यले मोहन बतास फाउन्डेसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ सय १ रुपैयाँ सहयोग गरेको छ। फाउन्डेसनका संस्थापक मोहन बतासले विपद्को दुःखद घडीमा पीडितको साथमा उभिनु सबैको साझा दायित्व भएको भन्दै उक्त रकम सहयोग गरेका हुन्।

बतासले विपद्का बेला सरकारी निकाय तथा विभिन्न संघसंस्थासँगै नागरिकस्तरबाट हुने सहयोगले राहत तथा उद्धार अभियानलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने उल्लेख गर्दै सहयोग हस्तान्तरण गरिएको बताए। उनले “मानवता नै हाम्रो धर्म, सहयोग नै हाम्रो कर्म” भन्ने भावनाका साथ फाउन्डेसनले मानवीय सेवामा आफ्नो भूमिका निरन्तर अघि बढाउँदै आएको बताए। उनका अनुसार सानो वा ठूलो जुनसुकै सहयोगले पनि संकटमा परेका व्यक्तिको जीवनमा आशा र मुस्कान ल्याउन सक्छ।

विपद्को पीडामा रहेका परिवारलाई एक्लो महसुस हुन नदिन समाजका सबै वर्ग एकजुट भएर आ–आफ्नो क्षमताअनुसार सहयोगमा जुट्नुपर्नेमा उनले जोड दिए।“आजको सहयोगले भोलिको मुस्कान ल्याउन सक्छ,” बतासले भने, “विपद्को यो घडीमा सबै मिलेर पीडितको सहारा बनौं र मानवताको लागि हातेमालो गरौं।” मोहन बतास फाउन्डेसनले आगामी दिनमा पनि मानवीय तथा सामाजिक सेवाका क्षेत्रमा आफ्नो सहयोगलाई निरन्तरता दिने जनाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button