आँबुखैरेनीहेडलाईनसमाचारगण्डकी

तनहुँमा भारतीय नम्बर प्लेटको कारको ठक्करबाट दुई बालबालिकाको गयो ज्यान

प्रहार समाचार । तनहुँ, १३ असार २०८३ शनिबार । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा भारतीय नम्बर प्लेटको कारको ठक्करबाट गम्भीर घाइते भएका दुई बालबालिकाको उपचारका क्रममा ज्यान गएको छ। तस्बिर : साङ्केतिक ए आई

 

विद्यालयबाट घर फर्किरहेका ६ वर्षीया सायना थापा र ५ वर्षीय उलियम थापाको शनिबार बिहान उपचारकै क्रममा ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार पोखरातर्फ आउँदै गरेको UP१३A०७७७० नम्बरको भारतीय कारले शुक्रबार दिउँसो उनीहरूलाई ठक्कर दिएको थियो। ठक्करबाट दुवै बालबालिका गम्भीर घाइते भएका थिए।

घाइते बालबालिकालाई तत्काल उपचारका लागि चितवनस्थित अस्पताल लगिएको भए पनि उपचारकै क्रममा शनिबार बिहान चिकित्सकले मृत घोषणा गरेका हुन्। घटनापछि स्थानीय क्षेत्रमा शोक छाएको छ। प्रहरीले कार र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ। बालबालिकाको ज्यान जाने गरी भएको यस दुर्घटनाले सडक सुरक्षा र सवारी चालकको लापरवाहीप्रति गम्भीर प्रश्न उठाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button