हेडलाईनसमाचारबागमतीखेलकुद

आईसीसी विश्वकप लिग–२ कालागि नेपाली राष्ट्रिय टोली घोषणा : कप्तानी सम्हाल्दै रोहित पौडेल

प्रहार समाचार । काठमाडौं, १२ असार २०८३ शुक्रबार । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने खेलका लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ। आज सार्वजनिक गरिएको टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन् भने उपकप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीले सम्हाल्नेछन्।

 

प्रतियोगिताका लागि अनुभवी तथा युवा खेलाडीको मिश्रणसहित १५ सदस्यीय टोली छनोट गरिएको क्यानले जनाएको छ। घोषित टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन्।

कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित यी खेलाडीले नेदरल्यान्ड्सविरुद्ध नेपालको चुनौती प्रस्तुत गर्नेछन्।यस्तै, सन्दीप जोरा, शहाब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्रीलाई रिजर्भ खेलाडीका रूपमा राखिएको छ। नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत महत्त्वपूर्ण अंक जोड्ने लक्ष्यसहित नेदरल्यान्ड्स भ्रमण गर्न लागेको हो। टोली घोषणासँगै समर्थकहरूको ध्यान अब प्रतियोगितामा नेपाली टोलीको प्रदर्शनतर्फ केन्द्रित भएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button