हेडलाईनसमाचारबागमती

रास्वपाको पहिलो महाधिवेशन : स्वर्णिम सर्वाधिक मतसहित केन्द्रीय सदस्य, सोविता दोस्रो ६४ जनाको नामावलीको सूचि

प्रहार समाचार । तनहुँ, १२ असार २०८३ शुक्रबार । स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा सम्पन्न पहिलो महाधिवेशनबाट खुला तर्फ ६४ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। निर्वाचनको अन्तिम मतपरिणामअनुसार स्वर्णिम वाग्ले सर्वाधिक दुई हजार ६ सय ७ मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएका छन् भने सोविता गौतम दुई हजार ५ सय९४ मतसहित दोस्रो र शिशिर खनाल दुई हजार ४९५ मतसहित तेस्रो स्थानमा रहेका छन्।

 

मतपरिणामअनुसार सागर ढकाल दुई हजार ३ सय ३३, तोसिमा कार्की दुई हजार २ सय ५७, रञ्जु दर्शना दुई हजार २ सय ४९, मनिष झा दुई हजार २ सय ३७, हरि ढकाल दुई हजार २ सय १९, कविन्द्र बुर्लाकोटी दुई हजार १ सय ८४ र विपिन आचार्य दुई हजार १ सय २६ मतसहित शीर्ष १० भित्र परेका छन्। रमेश प्रसाईं, विराजभक्त श्रेष्ठ, निशा डाँगी, इन्दिरा राना मगर, गणेश पराजुली, जगदिश खरेल (ललितपुर), पुकार बम, सुलभ खरेल, प्रमोद न्यौपाने र यज्ञमणी न्यौपाने पनि निर्वाचित भएका छन्।त्यसैगरी सस्मित पोखरेल, राजुनाथ पाण्डे, रिमा विश्वकर्मा, असिम शाह, खगेन्द्र सुनुवार, राजिव खत्री, समीक्षा बास्कोटा, गणेश कार्की, हिमेश पन्त, प्रकृति ढकाल, गीता चौधरी, सुशान्त वैदिक, जगदिश खरेल (दोलखा), मिलन लिम्बू, लिमा अधिकारी आचार्य, टिका संग्रौला, क्रान्तिशिखा धिताल, शंकर श्रेष्ठ, आशिका तामाङ, सुदिप ढकाल, बब्लु गुप्ता, करिस्मा कठरिया, अनुष्का श्रेष्ठ, विजय जैरु, अशोककुमार चौधरी, निशा श्रेष्ठ, शिव नेपाली, जुली यादव, हेमराज भट्ट, कुसुम महर्जन, कामिनी कुमारी चौधरी, हिरालाल बादी, संगीता तामाङ, समिन्ना मिया, प्रदीप विष्ट, जमुना शर्मा, रहवर अन्सारी, रोहन कार्की, सविना विक, सुशीला कार्की पोखरेल, रक्षा रायमाझी, रुपक घिमिरे, अरविन्द शाह र खिमा विक पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

खुला तर्फको निर्वाचन परिणामले पार्टीभित्र पुराना र नयाँ अनुहारबीच प्रतिस्पर्धा तीव्र रहेको देखाएको छ। शीर्ष स्थानमा रहेका नेताहरूले अपेक्षाअनुसार मत पाए पनि अन्तिम सूचीमा समावेश हुन धेरै उम्मेदवारबीच निकै कडा प्रतिस्पर्धा भएको मतपरिणामले स्पष्ट पारेको छ। पहिलो महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय सदस्यहरूले अब पार्टीको भावी संगठन विस्तार, नीति निर्माण र राजनीतिक दिशा तय गर्ने जिम्मेवारी सम्हाल्नेछन्।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button