हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचारमनोरञ्जन

तमिलनाडुमा विजय थलपति मुख्यमन्त्री नियुक्त, आइतबार सपथ ग्रहण हुने

प्रहार समाचार । काठमाडौं, २७ बैशाख २०८३ सोमवार । भारतको तमिलनाडुमा टिवीके (तमिळगा वेत्री कझगम) का प्रमुख विजय थलपतिलाई राज्यपाल राजेन्द्र अर्लेकरले मुख्यमन्त्री नियुक्त गरेका छन्। विजयको सपथग्रहण समारोह आइतबार चेन्नईस्थित नेहरू स्टेडियममा आयोजना हुने तय भएको छ। उनले मे १३ भित्र तमिलनाडु विधानसभामा विश्वासको मत लिनुपर्नेछ। सरकार गठनका लागि आवश्यक बहुमतभन्दा बढी समर्थन जुटाएपछि विजय राज्यपाल अर्लेकरलाई भेट्न लोक भवन पुगेका थिए।

यसअघि शनिबार साँझ कांग्रेस, भारतीय कम्युनिस्ट पार्टी (सीपीआई), भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) (सीपीएम), विदुथलाई चिरुथैगल काची (भीसीके) तथा इन्डियन युनियन मुस्लिम लिग (आइयूएमएल) ले पनि टिवीकेलाई समर्थन गर्ने घोषणा गरेका थिए। राज्यपालसँग भेटवार्ता सकेपछि विजयले सीपीआई र सीपीएमका पार्टी कार्यालय पुगेर नेताहरूसँग छलफलसमेत गरेका थिए।२ सय ३४ सदस्यीय तमिलनाडु विधानसभा निर्वाचनमा टिवीकेले १ सय ८ सिट जितेको छ। विजय दुई निर्वाचन क्षेत्रबाट विजयी भएकाले उनले एक सिट त्याग्नुपर्नेछ, जसपछि टिवीकेको संख्या १ सय ७ मा सीमित हुनेछ।त्यसपछि विधानसभा सदस्य संख्या २ सय ३३ कायम रहनेछ र बहुमतका लागि १ सय १७ सांसदको समर्थन आवश्यक पर्नेछ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button