प्रहार समाचार । काठमाडौं, २७ बैशाख २०८३ आइतबार । दुर्गा प्रसाईंले वैदेशिक रोजगारीमा रहेका नेपाली युवाहरूको मत र त्यसको प्रभावबारे टिप्पणी गरेका छन्। एक सार्वजनिक अभिव्यक्तिमा उनले विगतको निर्वाचनतर्फ संकेत गर्दै विदेशमा रहेका युवाहरूले आफ्ना आमाबुबालाई ‘घण्टी’ चुनाव चिह्नमा मतदान गर्न आग्रह गर्ने गरेको बताए ।

प्रसाईंका अनुसार अहिले परिस्थिति उल्टिएको भन्दै उनले व्यंग्यात्मक शैलीमा भने, “पहिले छोराहरूले विदेशबाट फोन गरेर ‘आमा घण्टीलाई भोट हाल्नु’ भन्थे, अहिले आमाहरूले नै भन्न थालेछन् ‘अब घरमा आउनै पर्दैन, तैँले भोट हाल्न लाइस् घण्टीलाई, घण्टीले घर भत्काइदियो, घरै छैन अब के आउँछस्।’ उनको यो अभिव्यक्तिलाई पछिल्लो समय सुकुमबासी बस्ती हटाउने अभियान र त्यससँग जोडिएको राजनीतिक असन्तुष्टिसँग जोडेर हेरिएको छ। सामाजिक सञ्जालमा प्रसाईंको उक्त भनाइलाई लिएर विभिन्न प्रतिक्रिया आएका छन्।
























