शिक्षाहेडलाईनसमाचारबागमती

‘शिक्षालयमा झण्डा र कर्मचारीतन्त्रमा झोला निषेध’ – प्रधानमन्त्री बालेन शाह

प्रहार समाचार । काठमाडौं, २२ बैशाख २०८३ मंगलबार । प्रधानमन्त्री बालेन शाहले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत प्रभावबाट मुक्त गर्ने स्पष्ट सन्देश दिँदै “शिक्षालयमा दलको झण्डा र कर्मचारीतन्त्रमा दलको झोला निषेध” गर्ने निर्णय लिइएको बताएका छन्। उनले अब नियुक्ति, सरुवा र बढुवामा दलगत निकटता होइन, विधि, क्षमता र दक्षता नै आधार बन्नुपर्नेमा जोड दिएका छन्।

वर्षौंदेखि विद्यार्थी र कर्मचारी संगठनहरू दलका “स्लिपर सेल” जस्तो बन्दै गएको उल्लेख गर्दै उनले योग्यता र क्षमताभन्दा पहुँच र झण्डाको मूल्य बढेको अवस्थाले प्रणालीप्रति जनविश्वास कमजोर बनाएको बताए। यही विकृति अन्त्य गर्न अध्यादेशमार्फत कडा निर्णय गरिएको उनको भनाइ छ।


प्रधानमन्त्री शाहले यो कदम कुनै दलविरुद्ध नभई प्रणाली सुधार र संस्थागत विकासका लागि भएको स्पष्ट पार्दै विद्यार्थीले सभ्य र जिम्मेवार राजनीति सिक्नुपर्ने तथा कर्मचारीले जनताको सेवा केन्द्रित काम गर्नुपर्ने धारणा राखे। उनले सरकारका सबै कदम जनताको हितमा केन्द्रित रहने विश्वास दिलाउँदै परिवर्तनका लागि साथ र समर्थनको अपिल गरेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button