हेडलाईनसमाचारसूचना प्रविधि

काठमाडौंमा वायु प्रदूषण खतरनाक तहमा, विश्वमै दोस्रो प्रदूषित शहर

प्रहार समाचार । काठमाडौं, १० बैशाख २०८३ बिहीबार । काठमाडौंमा वायु प्रदूषण फेरि उच्च स्तरमा पुगेको छ। वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था IQAir का अनुसार विश्वका सबैभन्दा प्रदूषित शहरहरूको सूचीमा काठमाडौं दोस्रो स्थानमा पुगेको हो। बिहीबार बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक (AQI) २१८ मापन गरिएको छ, जुन जनस्वास्थ्यका लागि अत्यन्त अस्वस्थकर स्तर मानिन्छ।

काठमाडौंसहित आसपासका क्षेत्रमा पनि प्रदूषणको मात्रा उल्लेखनीय रूपमा बढेको छ। सूचीको पहिलो स्थानमा Lahore रहेको छ, जहाँ AQI ३८२ पुगेको छ।AQI मापनअनुसार ० देखि ५० सम्मलाई राम्रो (हरियो संकेत) मानिन्छ भने ५१ देखि १०० सम्म सचेत रहनुपर्ने (पहेंलो संकेत) स्तरमा पर्दछ। १०१ देखि १५० सम्म अस्वस्थ मानिन्छ, जसले विशेषगरी श्वासप्रश्वास तथा मुटुरोगीलाई असर गर्न सक्छ।त्यस्तै, १५१ देखि २०० सम्म सबैका लागि अस्वस्थ, २०१ देखि ३०० सम्म धेरै अस्वस्थ र ३०० भन्दा माथि पुगेको अवस्था अत्यन्तै खतरनाक मानिन्छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button